भक्तपुरको म.थि न.पा. ३ गठ्ठाघर चोकमा दुर्घटना भएको छ ।
भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको ना ८ ख २३११नं.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा प्र.०२-०३८प ४४०१नं.को स्कुटीलाई ठक्कर दिदा स्कुटरमा सवार श्रीमान श्रीमती मध्ये श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटना पश्चात दुबै दम्पतीलाई आस्पताल लगिएको र उपचारका क्रमामा नबिना देउलाको भक्तपुर ईन्टरनेशनल अस्पतालमा मृत्यु भएको साथै स्कुटर चालक जिते देउलाको नागरिक अस्पताल, गठ्ठाघरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
देउला दम्पती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ५ घर भइ हाल ललितपुर नखिपोट बस्दै आएका थिए । साथै ट्रक चालक मकवानपुगढी गा.पा. ४ बस्ने ३८ बर्षका बुद्ध बहादुर घलानलाई प्रहरी बृत थिमिले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले बताए ।




























