जेठ ७ भक्तपुर। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल,नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रन्जित निर्वाचित भएका छन्।
बुधबार भक्तपुरको थिमिमा सम्पन्न सम्मेलनको बन्द सत्रबाट रन्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
नवनिर्वाचित अध्यक्ष नरेश रन्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय थिए। उनले संगठनमा लामो समयदेखि योगदान दिँदै आएका छन्।

त्यस्तै उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी सचिवमा प्रदीप तामाङ ङेमासङ सहसचिवमा बिष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका वाइसीएल, नेपाल केन्द्रीय सदस्य राजु कुटुले बताए कोषाध्यक्षमा भने रोमि घले निर्वाचित भएकी छन् ।




























