काठमाडौं भदौ १७ । नेपाल सर्वेयर्स एसोसिएसनको ३५औं वार्षिकोत्सव तथा सर्वेयर्स दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा दोलखाली सर्वेयर्स समाजले प्रथम स्थान हासिल गरेको छ।
काठमाडौंको धन्नोतरी फुटसलमा सम्पन्न प्रतियोगितामा दोलखाली सर्वेयर्स समाजले ल्यान्ड म्यानेजमेन्ट ट्रेनिङ सेन्टर (LMTC)लाई टाइब्रेकर (पेनाल्टी सुटआउट) मा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा सर्वेयर्स एसोसिएसनअन्तर्गतका विभिन्न १३ टोलीले सहभागिता जनाएका थिए।
उक्त प्रतियोगिताको औपचारिक उद्घाटन भदौ १५ गते भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टद्वारा भएको सर्वेयर्स समाज भक्तपुरका सदस्य बिवेक भुसण दाहालले जानकारी दिए ।




























