वि.सं.२०८३ वैशाख ५ शनिवार

मृगौला पीडित राजेश काफ्लेलाई आर्थिक सहयोग

भदौ १७, काठमाडौं।
रामेछाप घर भई हाल शिक्षण अस्पताल, काठमाडौंमा उपचाररत मृगौला रोगी राजेश काफ्लेलाई १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

सहयोग रकम जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा र केन्द्रीय सचिवालय सदस्य साहस भट्टले राजेशका आफन्त पूर्णमार्फत हस्तान्तरण गरेका हुन् ।

जनपत्रकार संगठन नेपालले पत्रकार साहस भट्टका ८५ वर्षीय बुवा नन्दुप्रसाद भट्टको उपचारका क्रममा गत साउन १३ गते निधन भएपछि अक्षयकोष स्वरूप संकलन गरिएको रकममध्ये केही हिस्सा मृगौला पीडित काफ्लेलाई सहयोग गर्ने निर्णय गरेको हो। दिवंगत नन्दुप्रसाद भट्टको स्मृतिमा छोरा साहस भट्टले सो रकम पीडितलाई हस्तान्तरण गर्न प्रस्ताव गरेका थिए ।

सोही प्रस्तावअनुसार सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजेशका आफन्तलाई रकम बुझाइएको हो । विगत तीन महिनादेखि उपचाररत काफ्लेका दुवै मृगौला निष्क्रिय भएपछि अहिले नियमित डायलासिस भइरहेको छ।