भक्तपुर जेठ ७ –नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनले
भक्तपुर जिल्लाबाट विभिन्न पदमा १३ जनालाई निर्वाचित गरेको छ ।

सम्मेलनले भक्तपुरबाट नरेश रंजितलाई अध्यक्षमा चयन गरेको छ। त्यसैगरी, सदस्यमा डिकेन कुटु, महिला सदस्यमा कृति प्रजापती र सुमित्रा श्रेष्ठ चयन भएका छन्। उमेर समूह प्रतिनिधिको रुपमा भने सुनिल न्हेमाफुकी निर्वाचित भएका छन्।
त्यस्तै खुल्ला सदस्यतर्फ सरोज बडाल, राज वाङ्गायो, बिराज था श्रेष्ठ र मनिल श्रेष्ठले स्थान पाएका छन्।

त्यसैगरी आयोग सदस्यतर्फ ओम कृष्ण कुटु, अभिषेक बासुकला, सचिन बज्राचार्य, बिजेश रंजित, र आकाश गजुरेल निर्वाचित भएका वाइसीएल नेपाल भक्तपुरका सचिव दिपेश लामिछानेले जानकारी दिए ।
यस सम्मेलनले युवाहरुको सशक्त सहभागिता र सांगठनिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको वाइसीएल नेपालका केन्द्रीय सदस्य राजु कुटुले बताए ।




























