२१ फागुन २०८१ भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा गणतान्त्रिक खेलकुद बागमती प्रदेशका सदस्य, साथै केक्युसिङ करातेका राष्ट्रिय खेलाडी गणेश हरि कुटु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
३६ बर्ष नेपाली कांग्रेसमा सक्रिय रहेर काम गरेका कुटु आगामी दिनमा (माओवादी केन्द्र) बाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने निर्णय गर्दै माओवादीमा प्रवेश भएका हुन्। उनको पार्टी प्रवेशमा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खादा तथा माला लगाएर स्वागत गरेका थिए।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’, वाईसीएल केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज नरेश रञ्जित, वाईसीएल केन्द्रीय सदस्य राजु कुटु, विकास लाखे लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उनलाई पार्टी प्रवेश गराउन नरेश रञ्जितले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
कुटुको माओवादी प्रवेशलाई भक्तपुरको राजनीतिक महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
उनको राजनीतिक यात्राले अब नयाँ मोड लिएको छ, जसले भक्तपुरको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउन सक्छ।




























