काठमाडौं, साउन २५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले विशेष महत्त्व राख्ने गाईजात्रा पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत उनले शुभकामना ब्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “जीवन-मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति-विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। गाईजात्रा पर्वले नेपाली समाजमा सकारात्मक सोच, सहअस्तित्व र आपसी समझदारीको वातावरण सृजना गर्न सकोस् भन्ने कामना छ।”
गाईजात्रा विशेषतः काठमाडौं उपत्यकाका नेवार समुदायमा प्रचलित भए पनि हाल देशभरि नै विविध रूपहरूमा मनाउने परम्परा स्थापित हुँदै गएको छ। हास्य, व्यङ्ग्य, रचनात्मकता र सामाजिक सन्देशका माध्यमबाट आजको समाजलाई नयाँ दिशा दिन सक्ने सम्भावना बोकेको यो पर्वको महत्व झनै बढ्दो छ।




























