नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार रहेका रामप्रसाद सापकोटा ´दिपशिखाले अहिलेको निर्वाचनमा दुई प्रवृत्ति देखिएकाे बताएका छ्न ।
शनिबार निर्वाचन लक्षित विशेष युवा भेलालाई सम्बोधन गर्दै उनले पुरानो र नयाँका नाममा दुई अतिवादी प्रवित्ति देखिएको बताएका हुन् ।
“भदौ २३ गते निर्दोष जेनजीहरुको ज्यान लिने एक प्रवित्ति र त्यसैमा आफ्नो राजनीतिको रोटी सेक्न भदौ २४ को विध्वंस मच्चाउने अर्को प्रवृत्ति देखियो ।” उनले भने ।
यी दुबै प्रवित्ति देशको लागि घातक रहेको दावी गर्दै उम्मेदवार दीपशिखाले आफू र आफ्नो पार्टीलाई निर्वाचित गराउनुपर्ने आवश्यकता औल्याए । ” दुई अतिवादी प्रवित्तिको अन्त्य गर्न पनि जनताले नेपाली कम्युनिस्ट पार्टीलाई स्पस्ट बहुमत दिनुपर्छ ।” उनले भने ।
कार्यक्रममा बोल्दै दिपशिखाले आहिलेको परिवर्तनको संवाहक नेपाली कम्युनिस्ट पार्टी भएको र यो ब्यवस्थाको रक्षा गर्न आफ्नो पार्टीले मात्र सक्ने दाबी गरे ।
सो अवसरमा बोल्दै पार्टीको भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार हरिराम लवजूले भक्तपुरका सम्पदा पुनर्निर्माण गर्नमात्र नभई सो सम्पदा बाट प्रत्यक्ष यहाँको जनतालाई लाभ दिने योजना आफूहरूसंग भएको उल्लेख गरे । भक्तपुरका जनताको आर्थिक स्तर सुधार गर्नका लागि यहाँका जनप्रतिनिधिले नसकेका उल्लेख गर्दै उनले संसदमा प्रतिपक्षीको भुमिकामा बस्नेमात्र नभई सत्तापक्ष र केन्द्रीय सत्तासंग पहुँच राख्न सक्ने हैसियत आफूसँग रहेको बताए ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार दिलिप प्रजापति भीष्मले जनयुद्ध र जनआन्दोलनको बाकी कार्यभार पूरा गर्न र वर्तमान परिवर्तनलाई सस्थागत गर्न नेपाली कम्युनिस्ट पार्टीले मात्र सक्ने जिकिर गरे ।
प्रचण्ड नेतृत्वको सरकारले शुरु गरेको भ्रष्टाचार बिरोधी अभियान र सुशासनको लागि मात्र नभई समाजवादतर्फ अघि बढ्ने श्रमजीवी एवं बुद्धिजीवीहरुले तारामा मत दिनुको बिकल्प नभएको उनले बताए ।
साथै, कार्यक्रममा केन्द्रीय सदस्य डिपी ढकालले जनताले निर्वाचनमा सामाजिक संजालको पछि नलागी आफ्नो विवेक प्रयोग गर्नुपर्ने र निर्वाचनको पार्टी र उम्मेदवारको चरीत्र, बिचार, ब्यवहार र प्रतिवद्धता हेरेर मात्र मत दिनुपर्नेमा जोड दिए । जनताले बिवेकपूर्ण निर्णय लिने र आफ्नो पार्टीको बहुमत स्थानमा जीत हुने उनको दावी छ ।
युवा नेतृ अन्जना पोखरेलको अध्यक्षतामा सम्पन्न युवा भेलामा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, प्रतिमा श्रेष्ठ त्यसैगरी नेताहरू सुनिल गाेठे बासु, श्याम बस्नेत, भवानी खड्का, नगरका पदाधिकारीका साथै युवा नेता नरेश रन्जित, राजु कुटु, आकाश गजुरेल लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक सरराज उप्रेतीले जानकारी दिए ।






























