नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार रुपैयाँ वृद्धि गरेको हो ।
काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य काठमाण्डौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५१ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५० रुपैयाँ र अन्य क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।




























