वि.सं.२०८३ वैशाख ५ शनिवार

सुनको मुल्यमा पुनः वृद्धि

सुनको मुल्यमा पुनः वृद्धि भएको छ । आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भइ अहिलेसम्मकै उच्च तोलाको १ लाख ६५ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दो भू- राजनीतिक अनिश्चितताको कारण सुनलाइ ब्यापारीहरुले सुरक्षीत सम्पत्तिको रुपमा राख्दा र कारोबार गर्दा सुनको मागमा वृद्धि आइ मूल्यमा वृद्धि भएको हो ।

त्यस्तै आज चाँदी मुल्री पाँच सय रुपैयाँले बढेर तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।