रुसले लेवर परमिट बिना काम गर्ने ३४ नेपाली विद्यार्थीलाई डिपाेर्ट गर्ने तयारी गरेको छ । रुसी अदालतले श्रम इजाजत बिना काम गरेका नेपाली विद्यार्थीलाई देश निकाला गर्न आदेश दिएको हो ।
विद्यार्थी भीषामा रुस पुगेका उनिहरुलाई श्रम इजाजत बिना काम गरेको भन्दै देश निकाला गर्ने फैसला सुनाइएकाे हो ।
उनिहरुलाइ कार्तिक १४ गते मस्कोको कुजमिन्किस्थित जुवा खेलाउने कम्पनीबाट पक्राउ गरिएको हो पक्राउ पर्नेमा १२ जना महिला विद्यार्थी रहेको बताइएको छ । पक्राउ गरेर प्रहरीले स्थानीय अदालतमा पेश गरेको गैराआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाले बताए ।


























