वि.सं.२०८३ जेठ २० बुधवार

प्रचण्डद्वारा भक्तपुरको सागबारी क्षेत्रमा हनुमन्ते नदिले पुर्याएको क्षति अवलोकन

पुर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा बाढिले क्षति पुर्याएको स्थान अवलोकन गरेका छन् । मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ सागबारीमा हनुमन्तेले क्षती पुर्याएको स्थान अवलोकन गरिएको हो ।

अवलोकनको क्रममा प्रचण्डले करिब ३ किलोमीटर हिडेर क्षति भएको स्थानको स्थलगत निरीक्षण गरेका थिए । अवलोकनको क्रममा स्थानीयले उठाएका प्रश्नको जवाफ दिदै प्रचण्डले सरकारको पूर्वतयारी नभएको कारणले ठुलो क्षती भएको बताए । क्षतिग्रस्त क्षेत्रको समस्या र उचित राहतको लागी आफ्नो पार्टीले पुर्ण प्रतिपक्ष दलको भुमिका निभाउनुका साथै तत्काल समस्या समाधान र राहतको लागी सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छौं उनले भने ।

अवलोकनमा पुर्व सभामुख अग्नि सापकोटा पुर्वमन्त्री शशि श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति, बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ नेकपा (माओवादि केन्द्र)का केन्द्रिय सदस्य डि.पि ढकाल
मध्यपुर थिमि नगरपालिकाका उप- प्रमुख बिजयकृष्ण श्रेष्ठ वाइसीएल नेपाल केन्द्रिय सदस्य लगायत सयौंको संख्यामा स्थानीय उपस्थिति रहेको वाइसीएल नेपालका भक्तपुर जिल्ला अध्यक्ष सरराज उप्रेतीले जानकारी दिए।