काठमाडौं, भदौ १२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनतासँग माओवादीःमध्यपहाडी पुष्पलाल लोकमार्ग- जनजागरण अभियानलाई सफल बनाउन आगामी साउन २२ गतेदेखि २५ गतेसम्म विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रमहरूको कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको स्थायी समितिको बैठकले गरेको निर्णयअनुसार अभियानलाई प्रभावकारी बनाउन कार्यतालिका निर्धारण गरिएको हो।
कार्यक्रम तालिका
साउन २२ गते : लमजुङ खण्डमा कार्यक्रम गर्ने
साउन २३ गते : दिनभर गोरखा खण्डमा कार्यक्रम र बेलुकी धादिङमा बास बस्ने
साउन २४ गते : दिनभर धादिङ खण्डमा कार्यक्रम र बेलुकी नुवाकोट बास बस्ने
साउन २५ गते : दिनभर नुवाकोट खण्डमा कार्यक्रम र बेलुकी काठमाडौं फर्किने
(अन्य जिल्लाको कार्यक्रम पछि तय गरिनेछ)
बिज्ञप्तिमा उल्लेख गरिएको छ
प्रत्येक जिल्लामा एक/एक सार्वजनिक सभा तथा एक/एक आन्तरिक संगठनात्मक र प्रचारप्रसारमूलक कार्यक्रम गरिने।
कार्यक्रममा व्यापक जनसहभागिता सुनिश्चित गर्दै स्थानीय स्तरमा टोल, हल्लाखेल, समूह गठन र सक्रियता बढाइने।
सार्वजनिक कार्यक्रममा सम्बोधनसँगै प्रतिनिधिमूलक सहभागितामा जोड दिइने ।
पार्टी महासचिव देव गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा अभियानलाई जनस्तरीय बनाउने उल्लेख गरिएको छ।



























