मदन ढुङ्गाना भक्तपुर। पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो ।
अघिल्लो बर्षदेखि सुरु भएको यस अभियानमा हलसम्म १० हजार बढी बिरुवा बितरण गरिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।
अभियन्ता दिनेश खनालले चाँगुनारायणका प्रत्येक घरमा कम्तीमा २ वटा एभोकाड़ोको रुख भएको दिन आफूहरुको अभियान सफल हुने जानकारी दिंदै यो अभियान चाँगुनारायणका हरेक घरको सम्वृद्धिसंग जोडिने जिकिर गरे ।
अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डि.पी ढकालले चागुनारायण नगरभित्र धेरै पहिचानहरु रहेको र यस अभियानले चागुनारायणको आर्को पहिचान थप्नुका साथै यहाँका जनताको आर्थिक स्थितिमा समेत अभियानले राहात दिने बताए ।
अभियानमा ३०० जनाको उपस्थिति रहेको थियो ।




























