वि.सं.२०८३ वैशाख ५ शनिवार

मन्त्री भएर भक्तपुरको शीर झुक्न दिनेछैन-मन्त्री थापा

भक्तपुर-२ (क) का बागमती प्रदेश सभा सदस्य समेत रहेका बागमती प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस नरहने उद्घोष गरेका छन् । शनिवार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा उनले सो उद्घोष गरेका हुन् ।

मन्त्री थापाले मन्त्री पद आफ्नो अन्तिम लक्ष नभएको र आफूलाई अझै बिशौं वर्ष राजनीतिमा रहनु पर्ने प्रष्ट पार्दै कुनै नराम्रो काम नगर्ने प्रतिवद्धता प्रकट गरे । ”मन्त्री भएर भक्तपुरको शीर झुक्न दिनेछैन, आफ्नो बुद्धिविवेक र क्षमताले भ्याएसम्म राम्रो काम गर्छु ।” उनले भने । मन्त्री भएर फर्कदाँ कुनै पनि दाग वा छिटा लाग्न नदिने उनको भनाइ छ ।
मन्त्री थापाले संघीय सरकार मातहत रहेको भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको स्थानान्तरण र भवन निर्माणमा पनि आफूले समन्वय गर्ने बताएका छन् ।