नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समितिको अध्यक्षमा महेश खड्का निर्वाचीत भएका छन । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट ३३ जनाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष महेश खड्का रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा रामकिसुन महतो र उपाध्यक्षमा बद्री कोजु र दिपेन्द्र यादव रहेका बागमती प्रदेश अध्यक्ष मिलन लामाले बताए ।
कार्यसमितिको सदस्यहरुमा शशी पराजुली, कुमार बरुवाल, दिपेन्द्र थापा, कृष्ण प्रसाद लघु, राजन थापा, दिबाकर थापा, श्रीहरी थापा, कृष्ण बहादुर भुजेल, वीर बहादुर घिसिङ, आइतराम खड्का, बालकृष्ण नेपाली, अम्बर बहादुर तामाङ, प्रयास लामा, सुवास गजमेर, मान बहादुर राउत, उजेलीदेवी महतो, चन्द्र शोभा कपाली, गोपाल घर्ती, प्रचण्ड श्रेष्ठ, सबिना बाटी, सुरेस कुमार यादब, कमलेश कुसवाह, दयाराम देसेमरु, गिता श्रेष्ठ लगायत रहेका छन् ।



























