वि.सं.२०८३ वैशाख ५ शनिवार

अनेरास्ववियु ( क्रान्तिकारी ) भक्तपुरमा नया नेतृत्व चयन अध्यक्षमा माझी

अनेरास्ववियु ( क्रान्तिकारी ) भक्तपुरको १७ औ सम्मेलन सम्पन्न भएको छ । सोमबार भक्तपुर बहुमुखी क्याम्पसमा सम्मेलन सम्पन्न भएको हो ।

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको भक्तपुर सम्मेलनबाट सुमन माझिको नेतृत्वमा ५१ सदस्य समिति निर्विरोध निर्वाचित भएको अनेरास्ववियु ( क्रान्तिकारी ) केन्द्रिय सदस्य दान बहादुर रावतले बताए ।

समितिको उपाध्यक्षमा छिरिङ लामा, पुष्पराज अधिकारी र जोर बहादुर रोकाया रहेका छन भने सचिवमा अन्जित तामाङ, सहचिवमा देवेन्द्र न्यौपाने र कोषाध्यक्षमा सुनगाभा मगर निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाइ सुभकामना दिदै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य डि पि ढकालले आफूले पनि विद्यार्थी राजनीतिबाट नै आफ्नो राजनीतिक जिवनको सुरुवात गरेको बताउदै अहिले स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न विद्यार्थीको ठुलो भुमिका रहनुका साथै जनयुद्ध लगायतका विभिन्न परिवर्तनका आन्दोलनहरुमा अनेरास्ववियु ( क्रान्तिकारी) ले महत्त्वपूर्ण भुमिका खेल्दौ आएको समेत स्मरण गर्दै अघि बढ्न सुझाव समेत दिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्म , केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ , जिल्ला अध्यक्ष सुनिल गोठे बासु , अखिल नेपाल ट्रेड युनियन महासंघ ( क्रान्तिकारी ) का बागमती प्रदेश अध्यक्ष मिलन लामा, वाइसीएल नेपालका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जित लगायतको उपस्थिति रहेको अनेरास्ववियु ( क्रान्तिकारी) का केन्द्रीय सदस्य मास बहादुर लामाले जानकारी दिए ।