वि.सं.२०८३ वैशाख ५ शनिवार

जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो : बिडारी

संविधान सभा सदस्य रामनारायण बिडारीले जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको भनेका छन् । नेपाली काँग्रेस र नेकपा(जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक एमाले)लगायतका दलहरु पुरानै संविधानको सिरानी हालेर सुतिरहेका बेलामा माओवादीले वर्तमान संविधानको लागि बलिदानी गरेको उनले बताएका हुन् ।
संविधान दिवसका अवसरमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै संविधानका एक मस्यौदाकार समेत रहेका बिडारीले माओवादी जनयुद्धलाई हत्या हिँसा भन्नेहरुले संविधानको मर्म नबुझेका बताए । वर्तमान संविधान बनाउन संविधान सभाको माग गर्दा हजारौ मानिसलाई तत्कालीन राज्य पक्षले हत्या गरेको, बेपत्ता बनाएको, जेलनेल र अंगभंग गराएको इतिहास युवा पुस्ताले बुझ्नुपर्ने पनि उनको भनाइ छ ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले वर्तमान संविधान सहमतीको दस्तावेज भएकोले आफूहरुले चाहे जस्तो समाजवादी संविधान नबनेको बताए । यद्यपी अन्य यथास्थितिबादी दलहरुलाई लतार्दै समाजबाद उन्मुख संविधान बनाउनु सन्तोषजनक भएको उनको भनाइ छ ।

अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्ववियु सभापति रेशमलाल श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय नेताहरु रमेश खड्का, प्रकास केसी,मास बहादुर लामा, अन्जित तामाङ्ग त्यसैगरी वाइसिएल भक्तपुरका अध्यक्ष सरराज उप्रेतीको समेत आतिथ्यता रहेको थियो ।