वि.सं.२०८३ जेठ २० बुधवार

भक्तपुर वाईसीयलको आयोजनामा निःशुल्क दन्त स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न

वाईसीएल नेपाल भक्तपुर नगरपालिका नगर समितिले बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न भएको हो ।

समाज डेन्टल हस्पिटल राधे राधे र कौशलटारले प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी नवदुर्गा उपशाखाले सहकार्य गरेको उक्त कार्यक्रममा ५० जनाले रक्तदान गर्नुका साथै करिब ५ सय स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गरेको वाईसीयल नेपाल भक्तपुर नगर समितिका अध्यक्ष बिकास लाखेले बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलीप कुमार प्रजापति, डि.पी ढकाल, प्रतिमा श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ,उमा कपाली भक्तपुर जिल्ला संयोजक सुनिल गोठे लगायतको उपस्थिति रहेको वाईसीयल नेपाल भक्तपुरका ईन्चार्ज नरेश रञ्जितले बताए ।
शिविरले स्थानीय जनसमुदायलाई ठूलो राहत र स्वास्थ्य लाभ प्रदान गरेको र आगामी दिनहरुमा भक्तपुर वाईसीयलले यस्तै सामाजिक कामलाई निरन्तरता दिने वाईसीयल नेपालका भक्तपुर जिल्ला संयोजक सरराज उप्रेतीले जानकारी दिए ।