आज सुनको भाउ तोलाको १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ
१ लाख ५८ हजार १०० रुपैयाँ रहेकोमा बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।




























