प्रेस चौतारी नेपाल भक्तपुरमा ११ सदस्यी कार्यसमिति निर्वाचित भएको छ । बिहीबार सम्पन्न पाचौं अधिवेशनले आशिष पौडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मिना घोरासाइने निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नारायण थापा, सह(सचिवमा संगम लामा, सह( सचिव समावेशी विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडा निर्वाचित भएका प्रेस चौतारी भक्तपुरका ईन्चार्ज रमेश गिरीले बताए । गिरीका अनुसार कार्यसमितिको सदस्यहरुमा नवराज काफ्ले, सुस्मिता धिताल, देवेन्द्र प्रजापति र रसिला थापा, रहेका छन् ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा रामचन्द्र प्रजापति, रोशनराज अर्याल र सुस्मिता धिताल चयन भएका र केन्द्रीय प्रतिनिधिहरुमा निवर्तमान अध्यक्ष हेमराज ढकाल उपाध्यक्ष राजकुमार लामिछाने र कोषाध्यक्ष सिर्जना खतिवडा चयन भएका छन् ।



























