प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ क्रान्तिकारी भक्तपुरले चागुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी महिला अभियान अन्तर्गत झोल साबुन बनाउने तालिम प्रदान गरेको छ । मंगलवार चागुनारायण नगरपालिका ४ बजुटाेलका स्थानीय गृहिणी महिलाहरुलाइ तालिम प्रदान गरिएको हो ।
तालिममा ४५ लितर झोल साबुन बनाइ प्रशिक्षार्थीहरुलाइ निशुल्क वितरण गरिएको तालिमको प्रशिक्षक समेत रहेकी अनेमसंघ क्रान्तिकारीकि भक्तपुर जिल्ला अध्यक्ष राजेस्वरी शिल्पकारले बताइन् ।
तालिमको उद्घाटन गर्दै अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवा नेता डि.पी ढकालले महिलाहरु आर्थिक अभावकै कारणले घरेलु हिंसाबाट पीडित हुनुपरेको जिकिर गर्दै यस्ता तालिमहरुले गृहिणी महिलाहरुलाइ आम्दानिको श्रोत बढाउने र गृहिणी महिलाहरुलाइ आत्मनिर्भर बन्न मद्दत गर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य उमा कपाली, चागुनारायण नगर समिति उपाध्यक्ष रामकुमार तामाङ, सचिव चण्डिका लामिछाने लगायतको आतिथ्यता रहनुको साथै करिब ५० प्रशिक्षार्थीहरुको सहभागीता रहेको नेकपा (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समिति सदस्य राजकुमार बनले जानकारी दिए ।



























