फागुन २४, भक्तपुर। हिमाल एकेडेमी स्कुलले आफ्नो २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ सफलतापूर्वक सम्पन्न गरेको छ। बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले बागमति प्रदेशका जनतालाई स्वास्थ्य सेवाको स्तरोन्नति गर्न आफ्नो प्रतिबद्ध रहेको जिकिर गर्दै २०८० सालको एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालयको विद्यार्थी विपिना मिश्रलाई सम्मान पत्र प्रदान गरे।

साथै बिद्यार्थी मिश्रलाई स्कुलका प्रमुख प्रदिप थापाले पच्चीस हजार पुरस्कार समेत प्रदान गरे।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विभिन्न विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
साथै कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै सीपका लागि समेत जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, समाजसेवी मदन घिमिरे, कान्तिपुर पत्रिकाका सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा विद्यालयको प्रगति र भावी योजनाबारे स्कुलका प्रिन्सिपल प्रदीप थापाले २०७२ को भूकम्प र २०७७/२०७८ को कोभिड-१९ को जटिल परिस्थितिमा अभिभावकहरूको सहयोगको उच्च कदर गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ विद्यार्थीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले जानकारी दिइन् ।



























