वि.सं.२०८३ वैशाख ५ शनिवार

घुम्दै घुग्दै चाँगुनारायण, एभोकाडो सिटी जाऔं

आहा कति राम्रो देखिने, नगरोन्मुख गाउँ ।
चाँगु, झौखेल, दुवाकोट, सुडाल, ताथली
नगरकोट वागेश्वरी छालिङ्ग साथ लिई ।।

सम्मृद्धिको यात्रा हो यो, दिऔँ सबले ध्यान,
सफल पारौं सबले मिली, हाम्रो अभियान।
हेर्दै राम्रो स्वर्गसरि हरियाली पाखा,
समृद्धिमा अभियानको परेको छ आँखा ॥

भोक तिर्खा मतलब छैन, गरेकै छन जोहो
यति धेरै एवोकाडो, जोहो गर्ने को हो?
नगरवासीको सम्मृद्धिको सपना जस्ले देख्यो चाँगुनारायणको कृपापाई, उसले भाग्य लेख्यो ॥

बा, आमा, काकाकाकी, ठिटा अनि ठिटी
सबैजना तल्लीन भा´छन, बनाउन एभोकाडो सिटी
जनताको हातमुख जोर्ने समस्या यसले टार्छ,
चार पाँच वर्ष धैर्य गरौं, अभियानले समृद्ध पार्छ।।