वि.सं.२०८३ वैशाख ५ शनिवार

चाँगुनारायणको बेशी गाँउमा एभाेकाडाेकाे बिरुवा वितरण

साउन २१ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं १ मा ४०० एभाेकाडाेकाे बिरुवा वितरण गरिएको छ। मंगलवार बिहान बेशी गाँउका स्थानीयलाई निशुल्क बिरुवा वितरण गरिएको हो।

´चाँगुनारायण सिटी एभाेकाडाेकाे सिटी अभियान` अन्तर्गत बिरुवा वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।

बिरुवा वितरण कार्यक्रममा बोल्दै अभियानका परिकल्पानाकार डि.पि ढकालले अभियानले एभाेकाडाकाे बिरुवा वितरण मात्र नभई यसको बिक्रीमा समेत सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्वदेशी तथा बिदेशी बजारमा निर्यातका लागी पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
सो अवसरमा अभियन्ता एंव समाजसेवी दिनेश खनालले वितरण गरिएको एभाेकाडाे उत्पादन हुन थालेपछी यसले कम्तिमा १ घरमा वार्षिक २५ देखि ५० हजारसम्म आम्दानी हुने र यसले चाँगुनारायणका जनतालाई ठूलो आर्थिक राहात पुग्ने बताए ।

साथै कार्यक्रमा बोल्दै चाँगुनारायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले अभियानको प्रसंशा गर्दै अभियानका परिकल्पनाकार डि.पि ढकाललाई धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा अभियन्ता रामकुमार तामाङ, बिनोद लामिछाने, दिपेश लामिछाने, हरिस लामिछाने, नवराज काफ्ले, कृष्ण घिमिरे, दिल कुमार बाला, सुदिप तिमल्सिना,पूर्व जनप्रतिनिधि गणेश श्रेष्ठ, अभियन्ता बेखा अवाल लगाएतको उपस्थिती रहेको थियो ।