प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् |
“हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन सघर्षमा सिँगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव नहुने बताउँदै अध्यक्ष प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टी प्रति को भरोसा कमजोर बनेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए । उहाँले भने , “ हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रकृयामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्ता प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको कारण आगामी दिनहरुमा पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
प्रचण्डले हेटौंडा महाधिवेशनले लिएको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिदै
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरूद्व शुसासन, सामाजिक न्याय र समृद्विको लडाई लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र (दलाल, नोकरशाही र बिचौलिया)संगै रहन नसक्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरेका थिए ।




























