वि.सं.२०८३ जेठ २० बुधवार

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित

काठमाडौँ, भदौ ८ ।
नेकपा (माओवादी केन्द्र)को आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

यसअघि गत बिहीबारका लागि तय भएको बैठक सारेर आज बस्ने भनिएको थियो । स्थगित अभियानहरूलाई निरन्तरता दिने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।