वि.सं.२०८३ वैशाख ५ शनिवार

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौँ, भदौ ३
नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार तोलामा २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर मंगलबार २३ सय रुपैयाँमा झरेको छ।