काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गर्नुभएको हो । भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।




























