वि.सं.२०८३ वैशाख ५ शनिवार

शुक्रवार प्रचण्ड भक्तपुर आउने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भक्तपुर आउने भएका छन् ।
कमलविनायकको ख्वप चागुनारायण सिटी एभाेकाडाे सिटी अभियानको समापन कार्यक्रममा प्रचण्ड भक्तपुर आउन लागेका हुन् ।


चागुनारायण नगरपालिकाको पहिचान एक घर दुई एभाेकाडाे रोप्न हाम्रो अभियान भन्ने नारासहित सुरुवात गरिएको अभियानमा ३ बर्षमा करिब २१ हजार बिरुवा वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले बताए ।
समापन कार्यक्रम करिब ३०० अभियन्तालाइ सम्मान गरिने अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए ।