श्रावण १५,भक्तपुर । चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-३ झौखेलमा पनि विरुवा वितरण गरिने भएको छ । भोलि दिउँसो ४ बजे एभोकाड़ोको विरुवा वितरण गर्न लागिएको हो ।
२०८० देखि सुरु भएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान हलसम्म १० हजार बढी बिरुवा बितरण गरिएको र चागुनारायण झौखेलका स्थानीयको अनुरोधमा पुनः दोश्रो पटक बिरुवा वितरण गर्न लगिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।
अभियन्ता दिनेश खनालले चाँगुनारायणका प्रत्येक घरमा कम्तीमा २ वटा एभोकाड़ोको रुख भएको दिन आफूहरुको अभियान सफल हुने जानकारी दिंदै यो अभियान चाँगुनारायणका हरेक घरको आर्थिक सम्वृद्धिसंग जोडिने जिकिर गरे ।
अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डि.पी ढकालले चागुनारायण नगरभित्र धेरै पहिचानहरु रहेको र यस अभियानले चागुनारायणको आर्को पहिचान थप्नुका साथै यहाँका जनताको आर्थिक स्थितिमा समेत अभियानले राहात दिने बताए ।
भोलि करिब ५०० बिरुवा वितरण गरिने अभियन्ता चन्दिका लामिछानेले बताइन् ।




























