वि.सं.२०८३ जेठ २० बुधवार

चाँगुनारायण सिटी एभाेकाडाे सिटी अभियानको समापन कार्यक्रम शनिबार हुने ।

चाँगुनारायण सिटी एभाेकाडाे सिटी अभियान अन्तर्गत यस बर्षको अभियान समापन र बार्षिकोत्सव कार्यक्रम श्रावण १९ शनिबार चागुनारायण नगरपालिका वडा नं ४ न्याचापौवामा हुने भएको छ ।
बागमती प्रदेश सरकारका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको हो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहेका युवा नेता डि. पी ढकालको परिकल्पनामा अघिल्लो बर्षदेखि सुरुवात गरिएको यस अभियानमा करिब १८ हजार बिरुवा वितरण गरिएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए ।

अभियन्ता दिनेस खनालका अनुसार चागुनारायणभित्रका १७ हजार घरधुरीलाई ३४ हजार बिरुवा वितरण गर्ने अभियानको लक्ष्य रहेको जिकिर गरे ।

त्यस्तै आर्का अभियन्ता रामकुमार तामाङले अभियानान्तर्गत ३ बर्षसम्म बिरुवा वितरण गर्ने र चौथो बर्षदेखि वितरण गरिएको बिरुवा अनुगमन समेत गरि उचित परामर्श गरिने बताए ।

कार्यक्रममा ५०० को उपस्थिति रहने र करिब १५०० बिरुवा वितरण गर्ने लक्ष्य रहेको अभियन्ता रामलाल न्हेमाफुकिले जानकारी दिए ।