वि.सं.२०८३ जेठ २० बुधवार

चाँगुनारायण सिटी एभाेकाडाे सिटी अभियानमा १८ हजार बिरुवा वितरण मन्त्री थापाले गरे सहयोगको पर्तिवद्द्ता

भक्तपुर, श्रावण १९ । चागुनारायण सिटी एभाेकाडाे सिटी अन्तर्गत १८ हजार ३ सय बिरुवा वितरण गरिएको छ । शनिबार चागुनारायण नगरपालिका ४ न्यचोपौवामा अभियाको समापन समारोहमा उक्त जानकारी दिइएको हो ।

दोश्रो वर्षको कार्यक्रम समापनको अवसरमा शनिवार चाँगुनारायण-४ न्याचापौवामा आयोजित कार्यक्रममा यस अभियानका परिकल्पनाकार एवं संरक्षक डिपी ढकालले गत वर्ष ६ हजार र यो वर्ष १० हजार ३ सय गरी कुल १६ हजार ३ सय बोट एभोकाडोको बिरुवा रोपिएको जानकारी गराएका हुन् ।

सोही कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका स्वास्थ्री मन्त्री किरण थापाले अभियानलाई बागमती प्रदेश सरकारले पनि आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्द्ता गरे ।

सोही कार्यक्रममा अभियानका परिकल्पनाकार समेत रहेका डि.पी ढकालले चागुनारायणभित्र बिश्व सम्पदा सुचीमा रहेको चागुनारायण मन्दिर, पर्यटकिय स्थान नगरकोट जस्ता विभिन्न पहिचान रहेको र यो अभियान सफल हुँदा चागुनारायणको अझै आर्को पहिचान थप हुनुका साथै नगरवासिको आर्थिक सहायतामा समेत यश अभियनले राहत दिने जोड दिय ।

कार्यक्रममा अभियानका बागमती प्रदेश सभा सदस्य भावना श्रेष्ठ संयोजक नरेश खड्का, अभियन्ता दिनेश खनाल, सुनिल गोठे बासु, सरराज उप्रेतिका साथै स्थानीय करिब ४०० को उपस्थिति रहेको थियो ।