वि.सं.२०८३ जेठ २० बुधवार

तोलाको ६ सयले बढ्यो सुनको मुल्य

सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६२ हजार ४ सय पुगेको हो ।

बुधबार सुन तोलामा प्रतितोला १ लाख ६१ हजार ८०० मा कारोबार भएको थियोे ।

सुनको मुल्यमा वृद्धि हुँदा चाँदीको मुल्यमा भने स्थिरता नै रहेको छ । चाँदीको मूल्य प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।