आज पनि सुनको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर तोलाको १ लाख ६४ हजार ४ सय पुगेको हो ।
बिहिबार सुन तोलामा प्रतितोला १ लाख ६२हजार ४०० मा कारोबार भएको थियोे ।
सुनको मुल्यमा वृद्धि हुँदा चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । बिहिवार चाँदीको मूल्य प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा ३० रुपैयाँले वृद्धि भइ तोलाको १९८० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




























