प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उप- महासचिव एंवम पुर्व अर्थमन्त्री बर्षमान पुनले बर्तमान सरकार बिचौलियाहरुको प्रभावमा परेर बनेको आरोप लगायका छन् ।
गृहजिल्ला रोल्पाको राङसीमा सहिद स्मृति युवा क्लबको कार्यक्रममा बोल्दै नेता पुनले बर्तमान सरकारले जनताको भावनालाई बेवास्ता गरेको र जनताको हित विपरीत कार्यदिशामा उन्मुख भएको बताए ।
सरकार बनेको ३ महिना भयो तर पनि यो सरकारले उत्साहजनक कुनैपनी कार्य गर्न सकेको छैन ´ उनले भने




























