खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गत बर्षको तुलनामा करिब २ लाख ३० हजार क्विन्टल बढी धान खरिद गर्ने भएको छ ।
गतबर्ष ५ लाख क्विन्टल धान खरिद गरेको कम्पनीले यस बर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको हो ।
यस आर्थिक बर्ष २०८१/०८२ मा सरकारले मध्यम धानको प्रतिक्विन्टल मुल्य ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको छ भने मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।



























