बुधबार सुनको मूल्य १ हजार १ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्री बुुधबार बढेर छापावाल सुन पनि तोलामा १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।




























