चितवनमा लगाइएको बर्खे धानको तथ्यांक लिन बाली कटानी गर्न सुरु गरिएको छ ।
चितवन स्थित कृषि बिकास कार्यालयले जिल्लाका विभिन्न स्थानहरुमा तथ्यांक अनुमानका लागि बाली कटान सुरु गरेको हो । धानको प्रत्येक १० वर्गमिनटर क्षेत्रमा बाली कटानी गरि
तथ्यांक अनुमान गरिने कृषि बिकास कार्यालय चितवनका कर्यालय प्रमुख झलकनाथ कँडेलले बताए ।
कार्यालयका अनुसार चितवनमा यसबर्ष २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जसमा हर्दीनाथ,बहुगुणी , कतर्नी लगायत धान लगाइएको थियो ।




























