वि.सं.२०८३ वैशाख ६ आइतवार

कार्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्गको क्षमता बढाउनका लागि बिमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको हो ।

रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको र मनसुनमा काम गर्न नसकिने हुँदा क्षमता अभिवृद्दी कार्य गर्न लागिएको नागरिक उड‌्यन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए ।

हिउँदमा काम गर्न असजिलो हुन्छ र यो कार्यको लागी लामो समय लाग्ने समय भएकोले कार्तिकफेखी नै काम सुरु गर्न लागेको महानिर्देशक अधिकारीले बताए ।