सोमबार सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुस घटाएका कारण सुनको मूल्यमा उच्च गिरावट आएको हो ।
त्यस्तै चाँदीमा लाग्ने भन्सार महसुसमा पनि १५ प्रतिशत बाट घटाएर १० प्रतिशत बनाइएको छ । मङ्सिर ६ गते मन्त्रीपरिषदले भन्सार महसुस घटाउने निर्णय गरेको हो ।
नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ तिनसय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।




























