भक्तपुर, २०७८ चैत्र २८ – परिवर्तनशील आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक एवं नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सदस्य रामचन्द्र प्रजापतिलाई पितृशोक परेको छ।
उनका पिता राजकुमार प्रजापतिको ८१ वर्षको उमेरमा बुधबार राति भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दीर्घरोगबाट पीडित प्रजापतिको अन्त्येष्टि बिहीबार बिहान भक्तपुरस्थित हनुमानघाटमा सम्पन्न गरिएको हो।
स्व. प्रजापति परिवारका अभिभावकका रुपमा चिनिन्थे। उहाँका दुई छोरा र पाँच छोरी छन्।



























