वि.सं.२०८३ वैशाख ६ आइतवार

अध्यक्ष प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन

बर्दघाट, बैशाख ३, २०८२ — पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।

सहिद थापा माओवादी जनयुद्धको क्रममा शहीद भएका थिए, र उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्र सो क्षेत्रको सामाजिक तथा ऐतिहासिक महत्व बोकेको स्थल मानिन्छ।