इजरायली डिफेन्स फोर्सले लेबनानमा लगातार हवाई तथा बम हमला गरिरहेको छ ।
आइतबार रातभर नै इजरायलले बेरुत शहर आसपासको क्षेत्रमा सेनाले हवाई हमला गरेको हो ।
आइतबार दिउँसो इजरायली सेनाले २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो । पछिल्लो समय इलजरायली सेनाले हिजबुल्लालाई आर्थिक सहयोग गरेका बित्तीय संस्थालाई निशाना बनाएको छ ।
युद्दका कारण उद्योग, पर्यटन जस्ता व्यवसायलाइ असर गरेकै कारण लेबनानको आर्थतन्त्र समेत निरन्तर ओरालो लागेको छ। एजेन्सी



























